१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १३ मंगलबार ००:११:००
Read Time : < 1 मिनेट
खेलकुद

स्विट्जरल्यान्डलाई पन्छाउँदै ब्राजिल नकआउट चरणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १३ मंगलबार ००:११:००

स्विट्जरल्यान्डविरुद्धको खेलमा १–० को जित निकाल्दै ब्राजिल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । 

लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगाडि नै अन्तिम १६ मा पुगेको हो । रोमाञ्चक म्याचको ८३औँ मिनेटमा ब्राजिलका अट्याकिङ डिफेन्डर क्यासिमेरो रोड्रिगोले आकर्षक गोल गर्दै ब्राजिललाई महत्वपूर्ण तीन अंक दिलाए । 

खेलको ६६औँ मिनेटमै ब्राजिलले खेलमा अग्रता लिएको थियो । तर, भेनेसियसको सो गोलअघि नै ब्राजिलियन प्लेयर अफसाइडमा रहेकाले गोलले मान्यता पाउन सकेन । 

जितपछि ब्राजिलको दुई खेलबाट ६ अंक भएको छ भने स्विट्जरल्यान्डको ३ अंक मात्र भएको छ । यही समूहमा रहेका क्यामरुन र सर्बियाले दुई–दुई खेलबाट एक–एक अंक मात्र जोडेका छन् । 

आजको पराजयपछि पनि स्विट्जरल्यान्डको अन्तिम १६ मा पुग्ने अवसर बाँकी नै छ ।