१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेवा क्षेत्रमा प्रभु क्यापिटलले तिर्‍यो सबैभन्दा बढी आयकर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:५५:oo

प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष ०७७/७८ मा सेवा क्षेत्रमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले सम्मानपत्र प्राप्त गरेको हो ।

एघारौँ राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सोअन्तर्गतका कार्यालयहरूले आर्थिक वर्ष ०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पुर्‍याउने करदाता संस्था र व्यक्तिलाई सम्मान गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको कम्पनीले जनाएको छ । 

राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्रप्रसाद यादवले क्यापिटललाई सम्मान गरेको जनाइएको छ । क्यापिटलको तर्फबाट वित्त विभागका इन्चार्ज रोशन केसीले सम्मानपत्र ग्रहण गरेको कम्पनीले जनाएको छ । 
 

ad
ad