
महोत्तरी क्षेत्र ३ बाट निर्वाचित हुँदै लोसपा अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा पुगेका छन् ।
निकटतम प्रतिस्पर्धी जनता समाजवादीका हरिनारायण यादवलाई दुई हजार ५० मतले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।
महन्थ ठाकुरले १६ हजार ३७५ मत ल्याए भने यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरे । ठाकुर सत्तागठबन्धनका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका हुन् ।