१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा कांग्रेस सात, एमाले दुई, रास्वपा पाँच र नेमकिपा एक क्षेत्रमा विजयी

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३२:oo

प्रतिनिधिसभातर्फ काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । तीन जिल्लाका १५ मध्ये कांग्रेसले सात, एमालेले दुई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एक क्षेत्रमा विजय हासिल गरेका छन् ।

प्राप्त परिणामअनुसार काठमाडौं क्षेत्र नम्बर १, ३, ४, ५, १०, ललितपुर १ र भक्तपुर २ मा कांग्रेसले विजय हासिल गरेको छ । यस्तै, एमाले काठमाडौं क्षेत्र नम्बर ९, ललितपुर–१ मा विजयी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने काठमाडौं क्षेत्र नम्बर २, ६, ७ र ८ ललितपुर ३ मा विजय हासिल गरेको छ ।

यस्तै, भक्तपुर १ मा नेमकिपा विजयी भएको छ । ललितपुर ३ र भक्तपुरका दुई निर्वाचन क्षेत्रको परिणाम बिहीबार सार्वजनिक भएको हो । बाँकी १२ निर्वाचन क्षेत्रको परिणाम यसअघि नै सार्वजनिक भइसकेको थियो ।

नेमकिपाका सुवाल ३० हजार मतान्तरले विजयी

भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल विजयी भएका छन् । अघिल्ला निर्वाचनमा जस्तै यसपटक पनि भारी मतान्तरले उनी विजयी भएका छन् । कुल ७४ हजार १९ मत खसेकोमा सुवालले निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालभन्दा ३० हजार बढी मत ल्याएका छन् । सुवालले ४२ हजार सात सय ६१ मत पाएकोमा गेलालले ११ हजार नौ सय ६८ मत पाएका छन् । सुवालले उक्त क्षेत्रमा खसेको मतको ५७.७७ प्रतिशत पाएका हुन् । 

गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका सुनील गोठेले पाँच हजार दुई सय ८३ मत ल्याएर चौथो स्थानमा रहे । राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार तीन सय तीन मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ । यस क्षेत्रमा नेमकिपाको बलियो प्रभाव रहँदै आएको छ । नेपालमा निर्वाचन भएयता भक्तपुर १ मा अन्य दलको जित भएको छैन ।

यो निर्वाचन क्षेत्रमा भक्तपुर र चाँगुनारायण नगरपालिका पर्छन् । भक्तपुर नगरपालिकाको मेयरदेखि वडासदस्यसम्म सोही दलका उम्मेदवारले विजय हासिल गरेका छन् । सुवाल ०७४ मा पनि यही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यसअघि पनि यही दलका नारायणमान बिजुक्छेले ०४८ सालदेखिको निर्वाचनमा विजय हासिल गर्दै आएका थिए । 

भक्तपुर २ मा कांग्रेसले फर्कायो विरासत 

भक्तपुर २ मा भने कांग्रेसले आफ्नो विरासत फर्काएको छ । कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षत्रीले एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन् । थापाले २४ हजार दुई सय ३९ मत पाएकोमा बस्नेतले २३ हजार दुई सय ८२ मत पाएका छन् । दुवैबीच नौ सय ५७ मतान्तर छ ।

नेमकिपाकी उम्मेदवार अनुराधा थापामगर सात हजार एक सय २७ मतसहित तेस्रो स्थानमा रहिन् । भक्तपुर २ अन्तर्गत सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिका पर्छन् । यस क्षेत्रमा नेपाली कांग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा रहँदै आएकोमा ०७४ को निर्वाचनमा एमालेले पहिलोपल्ट जित निकालेको थियो ।

०४८ को निर्वाचनमा कांग्रेसी उम्मेदवार निर्वाचित भएपछि त्यसपछि नेमकिपा, ०५६ मा फेरि कांग्रेस र ०६४ मा नेमकिपाका उम्मेदवार विजयी भएका थिए । ०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल निर्वाचित भएकोमा अर्कोपटक बस्नेतले जित निकालेका थिए । तर, पहिलोपटक एमालेलाई जिताएका बस्नेतको क्षेत्रमा कांग्रेसले आफ्नो विरासत फर्काएको छ ।

डा. तोसिमाको अस्पतालदेखि सदनसम्मको यात्रा

ललितपुर–३ मा डा. तोसिमा कार्कीले चुनाव जित्छिन् भन्ने अनुमान एकाधबाहेकले गरेकै थिएनन् । युवा मतदाताको केही प्रतिशत भोट उनीतिर जाला भन्ने अनुमान भने धेरैको थियो । प्रमुख पार्टीको नजरमा त उनी कमजोर उम्मेदवार थिइन् । 

चुनाव जितेपछि भने सबैले थाहा पाए कि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको प्रभाव कति रहेछ भनेर । जनमत बटुल्ने क्रममा उनी सायदै कुनै मतदाताको घरघरमा पुगिनन् होला । प्रमुख दल र निर्वाचन क्षेत्रबाहिर चर्चा नभए पनि भित्रभित्रै भने उनको चर्चा थियो । उनलाई पुराना पार्टीको उपयुक्त विकल्पका रूपमा ठान्दै मतदाताले जिताए । जितसँगै डा. कार्कीको यात्रा अब अस्पतालबाट संसद्तर्फ मोडिएको छ ।

सधैँ मूलधारका पार्टीको वर्चस्व रहँदै आएको ललितपुर ३ ले यसपटक नयाँ अनुहार पाएपछि यहाँको राजनीतिवृत्तमा हलचल मच्चिएको छ । एमाले र गठबन्धनसहितका चर्चित उम्मेदवारलाई पछि पार्दै चिकित्सा पेसामा संलग्न डा. कार्कीको जितपछि दशकौँदेखि राजनीति गर्दै आएका ठूला दलका शीर्ष नेतासमेत सोचमग्न बनेका छन् । ललितपुर ३ मा यसपटक बलियो गठबन्धन थियो । ६ महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनले पनि यहाँ कांग्रेस, एमाले र माओवादीको गठबन्धनलाई बलियो रूपमा प्रस्तुत गरेको थियो ।

तर, प्रतिनिधिसभा निर्वाचनमा भने मतदाताले यी शीर्ष पार्टीलाई निकै कम मत दिए । कार्कीले ३१ हजार एक सय ३६ मत प्राप्त गरेकी छिन् । उनले प्राप्त गरेको मत निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्काभन्दा १८ हजार एक सय ७३ ले बढी हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा रहेकी माओवादीकी भुसालले प्राप्त गरेको मत आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छिन् । 

ad
ad