मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ७ बुधबार २२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली ४ बाट कांग्रेसका बलायर विजयी, एमालेसचिव भट्ट पराजित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार २२:३६:००

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । एमालेसचिव लेखराज भट्टलाई तीन हजार ५८४ मतअन्तरले हराउँदै बलायर विजयी हुन् ।

बलायर २६ हजार १७१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी भट्टले २२ हजार ५८७ मत पाए । गठबन्धनको सहमतिअनुसार गृहजिल्ला डोटी समाजवादीलाई छाडेर बलायर कैलाली ४ बाट उम्मेदवार बनेका थिए । 

उनी कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन् । माओवादीका पूर्वनेता भट्ट यही क्षेत्रबाट ०६४ र ०७४ मा निर्वाचित भएका थिए । माओवादी र एमाले एकतापछि बनेको नेकपाका नेता रहेका भट्ट सर्वोच्चको आदेशमा दुवै पार्टी पुरानै अस्तित्वमा फर्किएपछि भने एमालेतिर लागेका थिए ।