१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Friday, 20 September, 2024
२o७९ मङ्सिर ७ बुधबार ११:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङ २ मा रेखाको अग्रता कायमै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार ११:o४:oo

दाङ २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले अग्रता कायम राखेकी छिन् । ३५ हजार हजार ६ सय ३० मत गणना हुँदा रेखाले १३ हजार दुई सय ४ मत प्राप्त गरेकी छन् । एमाले महासचिव शंकर पोखरेलले ११ हजार पाँच सय ८० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर एक हजार ६ सय १६ रहेको छ । 

पोख्रेलको मतान्तर घट्न थालेको छ। यसअघि रेखाले एक हजार नौ सय १२ मतसम्मको अग्रता लिएकी थिइन् । २६ हजार चार सय २१ मत गन्दा रेखाले लिएको त्यो अग्रता ३२ हजार ६ सय ३० मत गन्दा एक हजार ७ सय तीनमा झरेको हो । पछिल्लो मतपरिणाम अनुसार उनीहरुबीचको मतान्तर १ हजार ६ सय १६ भएको छ ।  

रेखाले सुरुवातदेखि नै अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । यहाँ एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।