रुपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता लाई कायमै राखेका छन् । उनले सत्ता गठबन्धनको सर्मथनमा स्वतन्त्र उमेदवारी दिएका घनश्याम भुसालभन्दा एक हजार नौ मतले अग्रता लिएका छन् ।
एमालेका विश्वकर्माले चार हजार चार सय ३० मत प्राप्त गर्दा भुसालले तीन हजार चार सय २१ मत प्राप्त गरेका छन् । त्यसैगरि रेशम चौधरीको उन्मुक्ती पार्टीको ढकियाले तीन हजार तीन सय ७३ मत प्राप्त गरेको छ । यहाँ १७ हजार ६ सय ६७ मत गणना भएको छ ।