मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 10 January, 2025
२o७९ मङ्सिर ६ मंगलबार o८:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनकुटाको प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा एमाले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार o८:o९:oo

धनकुटामा प्रतिनिधिसभा तथा प्रदेशसभाको सुरुवाती मतगणनामा नेकपा एमालेका उम्मेदवारहरुले सत्ता गठबन्धनलाई पछाडि पारेका छन् ।

 प्रतिनिधिसभातर्फको प्रारम्भिक मतगणनामा एमालेका राजेन्द्र कुमार राईले एक हजार तीन सय चार मतसहित झण्डै दोब्बर अग्रता लिएका छन् भने नेपाली कांग्रेसका सुनिलबहादुर थापाले सात सय ८५ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै माओवादी परित्याग गरी स्वतन्त्र उम्मेदवारी हेमराज भण्डारीले दुई सय ३० मत प्राप्त गरेका छन् । 

प्रदेशसभाको दुईवटै सिटमा एमालेका उम्मेदवार अघि छन् । क्षेत्र नम्बर १ मा एमालेका निरन राईले चार सय ६० मतसहित अग्रता लिँदा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकिकृत समाजवादी) का अर्जुनकुमा राईले तीन सय २३ मत ल्याएर पछ्याइरहेका छन् ।