१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ मङ्सिर ४ आइतबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १९:o५:oo

बाँकेमा करिब ६५ प्रतिशत मत खसेको छ। जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताइन्।
 
बाँकेमा ५ बजेसम्म मतदान सम्पन्न भएको बताउँदै उनले खसेको मत संकलन गर्ने काम भइरहेको बताइन्। ‘सबै मतपेटिका संकलन भएपछि वास्तविक तथ्यांक थाहा हुनेछ,’ उनले भनिन्। 

यहाँ १ लाख ६ हजार ३२२ पुरुष र १ दुई लाख १२ हजार २४ महिला गरी दुई लाख १८ हजार ३४९ मत खसेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। ‘जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। मतपेटिका मतगणनास्थलमा ल्याउने काम जारी छ,’ उनले भने। 
 

ad
ad
ad
ad