मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ३ शनिबार
  • Monday, 14 July, 2025
२o७९ मङ्सिर ३ शनिबार १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्यांकरको ठक्करबाट बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ३ शनिबार १६:४२:oo

चाँगुनारायण नगरपालिका– ३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्यांकरले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

आज सडकमा खेलिरहेको बालकलाई पानी ट्यांकरले ठक्कर दिई घाइते भएका रामेछाप सुनापाती गाउँपालिका–४ घर भई हाल ब्यासीमा बस्ने रवीन्द्र तामाङको छोरा सात वर्षीय विवेश तामाङको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।  

प्रहरीले बालकलाई ठक्कर दिने ट्यांकरका चालक भक्तपुर नगरपालिका– ९ कमलविनायक बस्ने सीताराम पक्का नेवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए।