१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रासस ढाका
२o८१ बैशाख २५ मंगलबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बंगलादेशले सन् २०३० सम्म कपासको उत्पादन पाँच गुणा बढाउने

Read Time : < 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:५७:oo

बंगलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बंगलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको छ।

कपास विकास बोर्डका अतिरिक्त निर्देशक मोहम्मद फख्रे आलम इब्ने ताबिबले भने, ‘कपास एक प्रमुख नगदे बाली हुन सक्छ। किनभने कपडा उद्योगमा यसको बढ्दो माग पूरा गर्न हामीले यसको आयातका लागि हरेक वर्ष तीन अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ।’

आधिकारिक तथ्यांकअनुसार बंगलादेशमा अहिले वार्षिक चार अर्ब आठ करोड पाउन्डको मागको तुलनामा वार्षिक नौ करोड ६० लाख पाउन्ड उत्पादन हुन्छ। 

ताबिबका अनुसार उर्वर बाँझो जमिनको ठूलो क्षेत्र प्रयोग गरी उच्च उत्पादन दिने नयाँ प्रजाति र हाइब्रिड जातका कपास उत्पादन गरी देशको दक्षिणपूर्वी पहाडी क्षेत्र र केही समतल जिल्लाहरू कपास उत्पादनलाई ४८ करोड पाउन्ड पुर्‍याउने लक्ष्य राखिएको छ।

ad
ad