मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ३० बुधबार ०८:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभावितलाई सान्जेनको सेयर बाँडफाँड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ३० बुधबार ०८:४८:००

सान्जेन जलविद्युत् कम्पनीको ३६ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बाँडफाँड भएको छ । कम्पनीले अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित र न्यून प्रभावित गरी चार तहमा सेयर बाँडफाँड गरेको हो । 

प्रभावितलाई छुट्याइएको सेयर बाँडफाँडका लागि मागिएको आवेदनअनुसार २८ हजार ६ सय आवेदकबाट ५६ लाख ७९ हजार आठ सय कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ । जसअनुसार आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ (साबिक चिलिमे गाविस)को अतिप्रभावित वर्गमा पाँच सय १० कित्तासम्म माग गर्नेले मागबमोजिम र त्यसभन्दा बढी माग गर्नेले पाँच सय १० कित्ताका दरले पाएका छन् । 

त्यस्तै, आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ गोल्जुङ (साबिक गोल्जुङ गाविस)का प्रभावित वर्गमा तीन सय कित्ता माग गर्नेले मागबमोजिम, तीन सय १० कित्तादेखि चार सय ५० कित्तासम्म माग गर्ने एकजना आवेदकलाई मागबमोजिम र सोभन्दा बढी चार सय ५० कित्तासम्म माग गर्नेले तीन सय ४८ कित्ता तथा त्योभन्दा बढी माग गर्नेलाई तीन सय ६० कित्ताका दरले बाँडफाँड गरेको कम्पनीले जनाएको छ । 

आमाछोदिङ्मो गाउँपालिकाका अन्य वडाहरू १,२,३ (साबिक गल्ताङ गाविस र हाकु गाविस)का सामान्य प्रभावित वर्गमा एक सय ५० कित्तासम्म माग गर्नेले मागबमोजिम, एक सय ६० कित्तादेखि दुई सय कित्ता माग गर्नेले एक सय ५० कित्ता, एक सय ६० कित्तादेखि तीन सय कित्तासम्म माग गर्नेले एक सय ६५ कित्ता सेयर पाएका छन् । तीन सय १० कित्तादेखि चार सय ५० कित्तासम्म माग गर्नेले एक सय ७४ कित्ता र सोभन्दा बढी सात सय कित्तासम्म आवेदन गर्नेले एक सय ८० कित्ताका दरले प्राप्त गरेको कम्पनीले जनाएको छ । 

न्यून प्रभावित वर्गमा परेका बाँकी सम्पूर्ण जिल्लावासीले एक सय कित्तासम्म माग गरेकामा मागबमोजिम, एक सय १० देखि तीन सय कित्तासम्म मार्ग गर्नेले एक सय १६ कित्ता र सोभन्दा बढी माग गर्नेले एक सय २० कित्ताका दरले प्राप्त गरेको जनाइएको छ ।