१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख १९ बुधबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड पुनः कर्णाली आउँदै  

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:१o:oo

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः कर्णालीमा आउने भएका छन् । सुर्खेत र दैलेखमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड आउने भएका हुन् ।

आज (मंगलबार) कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत निर्वाचन क्षेत्र १ को गुर्भाकोट नगरपालिकाको खैरेनीको भेरी किनार र दैलेखको दुल्लुमा आयोजना हुने चुनावी सभालाई दुवै नेताहरूले सम्बोधन गर्ने गठबन्धन दलका नेताहरूले बताएका छन् । 

सुर्खेतको गुर्भाकोट नगरपालिका खैरनीको भेरी किनारमा हुने चुनावी सभालाई दिउँसो १२ बजे, दैलेखको दुल्लु नगरपालिकामा आयोजना हुने चुनावी सभालाई दिउँसो २ बजे देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस उपसभाति पूर्णबहादुर खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले हुम्ला, जुम्ला, कालिकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए । 
 

ad
ad