कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउँछौँ : गगन थापा

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

पोखरा/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन्।

पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले पोखरामा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीबाट टाढिएका सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

थापाले नेपाली कांग्रेस ठुला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान पुर्याएका सबै नेता तथा कार्यकर्ताको साझा पार्टी भएको बताए। पार्टीलाई थप सुदृढ बनाउन असन्तुष्ट पक्षलाई समेत समेट्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा दिवंगत नेता गुरुङले पार्टी र समाजमा पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। शोकसभामा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

सुझावित समाचार