सुनसरी/ कोशी गाउँपालिका–२, काली मन्दिरस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
सोमबार दिउँसो करिब २ बजे को २७ प २८५५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानकी ४५ वर्षीया कौसिला यादव घाइते भएकी थिइन्। यादवलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा दिउँसो सवा ३ बजेतिर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल र चालक बराहक्षेत्र नगरपालिका–७ का २१ वर्षीय सुमन सदालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।