काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीको अग्रता कायमै रहेको छ।
खुलातर्फ नौजना उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेकामा दुईजना निर्वाचित हुनेछन्। हालसम्म दुई हजार ३९० मत गणना हुँदा खतिवडा पहिलो र सिवाकोटी दोस्रो स्थानमा रहेका छन्।
गणनाअनुसार खतिवडाले एक हजार ७५ मत प्राप्त गरेका छन् भने सिवाकोटीले ७७२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ५८३ मत प्राप्त गरेका छन्।
त्यस्तै, देवेन्द्रराज कँडेलले ४९९, विकास कोइरालाले ३९४, राजीव ढुंगानाले ३५३ र रमेशप्रसाद धमलाले २८२ मत प्राप्त गरेका छन्।
यसैगरी, अमृतकुमार अर्यालले २५७ मत प्राप्त गर्दा विमलराज क्षेत्रीले ९३ मत पाएका छन्।
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।