पत्रकार अनिल यादवलाई रेखा यादव स्मृति पत्रकारिता पुरस्कार

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ पत्रकार अनिल यादव रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल यादव सेवा समितिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष नेपालखबर डटकममा कार्यरत यादवलाई प्रदान गरिएको हो। यादव चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)का उपाध्यक्षसमेत हुन्।

शनिबार समितिको २९औँ साधारणसभाका अवसरमा ललितपुरको सानेपास्थित राधाकृष्ण अतिथि सदनमा आयोजित विशेष समारोहमा यादवलाई पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

समितिले विभिन्न विधामा योगदान पुर्याउने अन्य पाँचजनालाई समेत पुरस्कृत गरेको छ। खेलकुदतर्फ कबड्डी खेलाडी आश्मा यादव, गायनतर्फ निशाकुमारी यादव, कानुनतर्फ अधिवक्ता विजयकुमार यादव, कृषितर्फ अभय यादव र गीता वाचनतर्फ राजकुमार यादव पुरस्कृत भएका हुन्।

नेपाल यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा उमाकान्तराय यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

सुझावित समाचार