कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना भोलि बिहानदेखि

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य (प्रत्यक्ष, खुला) पदको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार खुलातर्फका केन्द्रीय सदस्य पदको मतपत्र नम्बर ४ को मतगणना भोलि बिहान ८ बजेदेखि सुरु गर्न लागिएको हो।

मतगणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगरमा हुनेछ।

निर्वाचन समितिले जारी गरेको सूचनामा केन्द्रीय सदस्य पदका उम्मेदवारको हकमा मतगणनास्थलमा उम्मेदवार स्वयंबाहेक अन्य प्रतिनिधिलाई प्रवेश गर्न नदिइने व्यवस्था गरिएको उल्लेख छ।

समितिका सदस्यसचिव राजु कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत उक्त जानकारी गराइएको हो।

null

सुझावित समाचार