सिराहाको सुखीपुरबाट सुरक्षा गस्तीमा रहेको सशस्त्र प्रहरीले ११ क्वीन्टल बढी प्रतिबन्धित गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका-१० गागन खोला नजिक विश्वकर्मा चोकबाट ११ क्वीन्टल २.६५५ किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाका अनुसार गण, गोलबजार तथा सुखीपुरबाट खटिएको २९ जनाको संयुक्त टोलीले उक्त परिमाणको गाज बरामद भएको हो ।
बा. १४ च २९४ नं. को बोलेरो भ्यान र स ६ प ४८५९ नं. को मोटरसाइकलमा २६ वटा बोरामा प्याक गरेर लैजादै गरेको ११०२.६५५ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको उनले बताए ।
उनका अनुसार सशस्त्र प्रहरीलाई देखे लगत्तै बोलेरो र मोटरसाइकल चलाक फरार भएपछि खोजी भइरहेको र गाँजासहित्को सवरीसाधन गणमा ल्याएर सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।
यसअघि सशस्त्र प्रहरीले गत भदौ २५ मा सिरहाको औरही ४ इटा टारबाट १५७.२०७ किलाे र २९ साउनमा साेही वडाको खजनपुरबाट ४९.७६० किलाे गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।