मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
२o८१ पौष २३ मंगलबार oo:३o:oo
Read Time : < 1 मिनेट
विश्व

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा राजीनामाको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार oo:३o:oo

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आफ्नो दलले नयाँ उत्तराधिकारी चयन गरेलगत्तै राजीनामा दिने घोषणा उनले आइतबार गरेका हुन्। 

सन् २०१५ देखि निरन्तर क्यानडाको प्रधानमन्त्री रहेका ट्रुडोलाई राजीनामा दिन पार्टीभित्रैबाट दबाब परेको थियो। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले क्यानेडियन सामानमा २५ प्रतिशत कर बढाउने घोषणा गरेको र त्यसविरुद्ध सही रणनीति बनाउन नसकेको विषयमा उनीमाथि दबाब बढिरहेको थियो। अब उनको दल लिबरल पार्टीले नयाँ प्रधानमन्त्री चयन गर्नेछ। 

क्यानडामा आगामी अक्टोबरभित्र नयाँ निर्वाचन हुँदै छ । ‘यदि मैले आन्तरिक लडाइँ लड्नुपर्छ भने म उत्कृष्ट विकल्प हुन सक्दिनँ,’ राजीनामा घोषणा गरेको सम्बोधनमा ट्रुडोले भने। 
क्यानडामा लोकप्रिय युवा प्रधानमन्त्री बनेका ट्रुडो पछिल्लो समय आलोचित हुँदै आएका थिए।

 अब उनी आगामी निर्वाचनमा समेत प्रधानमन्त्रीका दाबेदार नहुने भएका छन्।