मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
२o८१ पौष २० शनिबार o६:oo:oo
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पुस २० देखि २६ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार o६:oo:oo

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको पुस २० गते शनिबारदेखि पुस २६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साताको प्रारम्भमा नातेदारले अपमानित तुल्याउन सक्छन् । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु राम्रो हुनेछ । बिहीबारदेखि आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनु पर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : साताको प्रारम्भमा आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ । बुधबारदेखि  प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । सप्ताहान्तमा नयाँ सवारी साधन खरिदबिक्रीबाट लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : साताको प्रारम्भमा घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ ।मित्रजनबाट साथ सहयोग मिल्नुका साथै नयाँ कार्यको थालनी हुने छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । सप्ताहान्तमा भाग्यले साथ दिनेछ। सहयोगीहरू जुट्नाले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। नयाँ मित्रताबाट भरपूर साथ मिल्ने छ । रमाइलो यात्रा र अतिरिक्त आम्दानी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : साताको प्रारम्भमा पारिवारिक  समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । टजोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साताको  अन्त्यमा अन्तिममा  मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ ।आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बिहीबारपछि अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्ने योग रहेको छ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापारमा लगानी गर्ने हरुले सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी बढाउदा नाफा हुने देखिन्छ । बिहीबारपछि घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखापर्नेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । वैदेशिक यात्रा सफल हुने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : साताको प्रारम्भमा शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । अनावश्यक झमेलाबाट बचेर काम गर्नुपर्ने छ।वैदेशिक  सहयोग मिल्नुका साथै  सफल यात्राको योग रहेकाले सोचेअनुसार फाइदा पुग्ने छ  । सप्ताहान्तमा विद्यार्थीहरूका लागि सुखद समाचार आउला। शैक्षिक यात्राको प्रक्रिया अघि बढ्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : साताको प्रारम्भमा प्रशंसकहरूले साथ दिनेछन् ।नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ। अलि जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ने छ । महत्त्वपूर्ण सुचना चुहावट हुनसक्ने योग रहेकोले विशेष साबधानि अपनाउनु पर्ने छ। साताको अन्त्यमा लेनदेन र हिसाबकिताबमा सावधान नहुँदा बीचमा केही विवाद हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ ।  राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । बिहीबार क्रोध, प्रतिशोध, रिसराग माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ।साताको अन्त्यमा गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ ।सहयोगीहरूले सकेको सहयोग गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  : सुरुमा मातापिताको आशीर्वचन र सल्लाह प्राप्त हुनेछ ।  लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । सप्ताहान्तमा स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ। सोखले खर्च गराए पनि उद्देश्य पूरा नहुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  : योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । सप्ताहान्तमा आगन्तुकले अलमल्याउने हुँदा चिताएको काममा पनि बाधा पुग्न सक्छ। इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  : प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।उठ्नुपर्ने रकम हातलागी हुने समय छ । अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ। बिहीवारदेखि श्रम र व्यवसायबाट मनग्य आम्दानी हुनेछ। सप्ताहान्तमा पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ ।साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।