हलिउडको स्टार जोडी ब्राड पिट र एन्जाेलिना जोलीको सम्बन्धविच्छेदसम्बन्धी मुद्दा अन्ततः टुंगिएको छ। उनीहरूबिच आठ वर्ष लामो कानुनी लडाइँ चल्यो।
सन् २०१४ मा विवाहबन्धनमा बाँधिएका उनीहरूको सम्बन्ध दुई वर्ष मात्र चल्यो । तर, सम्बन्धविच्छेदको मुद्दा टुंगिन भने आठ वर्ष लाग्यो ।
सामान्यतया सेलिब्रेटीहरू छिटो सम्बन्धविच्छेद गरेर छुट्टिन चाहन्छन्। तर, आफ्ना सन्तानलाई ब्राड पिटले दुर्व्यवहार गरेकोदेखि संयुक्त रूपमा खरिद गरिएका सम्पत्तिको विषय जटिल बनेपछि मुद्दा फैसला हुन लामो समय लागेको हो।