मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १९ शुक्रबार २२:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भेपमा सुन तस्करी : भन्सारका नासुदेखि राहुल महरासम्मलाई सम्पत्ति शुद्धीकरण मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार २२:३५:oo

विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करीमा संलग्न र अपत्यक्ष रूपमा सघाउने गरी ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा शुक्रबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो । 

यसमा भन्सारका तत्कालीन नासु रेवतकुमार खड्कादेखि माओवादीका रेशम (राहुल) महरासम्म प्रतिवादी छन् । विद्युतीय चुरोटमा लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै चोरी गरी बिक्री भएको थियो । जसमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न दिनेश बस्नेत, अमृत कार्की, रामकेशव थापा क्षेत्री, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेव राव पान्डुराम मरगले, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापालाई प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये रोजन र प्रेरणालाई सम्पत्ति जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ । 

यसअघि सिआइबीले आपराधिक विश्वासघात तथा संगठित अपराधको मुद्दा दायर भएको थियो । जुन मुद्दाको गत ७ कात्तिकमा फैसला भएको छ । फैसलाअनुसार राहुल महरालाई एक वर्ष दुई महिना कैद भएकोमा कैद भुक्तान गरी उनी छुटिसकेका छन् । भन्सारका तत्कालीन नासु रेवन्त खड्कालाई दुई वर्ष ६ महिना कैद भएकोमा उनी भने थुनामै छन् । नासु खड्काकै मिलेमतोमा भन्सारको गोदाममा रहेको सुन रहेको भेप साटिएको थियो । त्यसबापत खड्काले ६५ लाख रुपैयाँ लिएको अनुसन्धानमा खुलेको थियो । 

चिनियाँ समूहले त्यसरी भेपभित्र सुन तस्करी गरेको थियो । भन्सारले शंका लागेर नियन्त्रणमा लिएकोमा उनीहरूले राहुललगायतलाई प्रयोग गरी छुटाउन दबाब दिएको अनुसन्धानमा खुलेको थियो ।