मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
२o८१ पौष १९ शुक्रबार २२:५o:oo
Read Time : < 1 मिनेट
समाचार

बर्दीबासमा फोहाेर प्रशोधन केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार २२:५o:oo

बर्दीबास नगरपालिकामा फोहाेर प्रशोधन केन्द्र स्थापना  भएको छ । 

नगरमा दैनिक उत्पादन हुने फोहाेर व्यवस्थापन गर्न नगरपालिकाले फोहाेर प्रशोधन केन्द्र स्थापना गरेको हो । केन्द्र स्थापनासँगै फोहाेर व्यवस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दीबास नगरपालिका– ३ का स्थानीय मनोज थापाले  बताए। फोहाेर प्रशोधन केन्द्र यही पुस ५ गतेबाट सञ्चालनमा ल्याइएको हो ।

यसअघि फोहाेर यत्रतत्र फालिँदा दुर्गन्धित हुनुका साथै विभिन्न रोग फैलिने सम्भावना रहेको थियो । हाल केन्द्र स्थापना भएपछि नगर सफा हुन थालेको बर्दीबास नगरपालिका– १४ का निकेश खनालले  बताए। 

बर्दीबास नगरपालिकाले हिट्टा हेब्वी मेसिनरी एन्ड रिसाइकल प्रालिको सहयोगमा बर्दीबास नगरपालिका– ८ मा जापानिज प्रविधिको फोहाेर प्रशोधन केन्द्रको स्थापना गरेको हो ।

 नगरपालिकाले उक्त कम्पनीसँग रु. एक करोड २० लाखमा  २० वर्षको सम्झौता गरेको छ ।  नगरपालिकाले पूर्वाधार तयार गरिदिएको बर्दीबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले बताए। 

सामान्य घरपरिवारबाट रु. ५० र होटेल रेस्टुरेन्टबाट फोहाेरको परिमाणअनुसार बढीमा रु. तीन हजार मासिक शुल्क लिने गरेको फोहाेर प्रशोधन केन्द्रका प्रबन्धक सुरेन्द्र साहले जानकारी दिए। 

हाल दैनिक ६ टन फोहाेर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहाेर व्यवस्थापनमा सहज भएको बर्दीबास नगरपालिकाका प्रमुख क्षेत्री बताउँछन् । रासस