सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डिपी अर्यालले बताए। बैठकमा सभापतिविरुद्ध अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।
रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पद पनि निलम्बन गर्न पत्राचार भइसकेको छ। संसद् सचिवालयले त्यसबारे निर्णय गरेको छैन।
रास्वपा सांसदद्वय सोविता गौतम र गणेश पराजुली केही बेरअघि सभामुखको कार्यकक्षमा पुगेका हुन्।