मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ पौष ८ सोमबार १o:३८:oo
Read Time : > 5 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनपिएलका सफल १० खेलाडी

Read Time : > 5 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १o:३८:oo

पहिलो संस्करणमै नेपाल प्रिमियर लिग (एनपिएल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा वाहवाही कमाउन सफल भयो । एसोसिएट राष्ट्रले आयोजना गर्ने टी–२० फ्रेन्चाइज लिगमा एनपिएल सबैभन्दा ठूलो र ब्रान्डिङका रूपमा चर्चा भयो । सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर रोयल्स पहिलो संस्करणको विजेता बन्यो । सय करोडभन्दा माथि खर्च मानिएको एनपिएलमा २३ दिनमा ३२ खेलमा दर्शकको उपस्थिति उत्साहपूर्ण रह्यो । फाइनल र उद्घाटन खेलमा टिकट नै सोल्ड आउट भए । अन्य दिन पनि पाँच हजारभन्दा धेरै दर्शकको उपस्थित रह्यो । शिखर धवन, मार्टिन गुप्तिल, जिमी निसम, सोहेल तनभिर, रवि बोपरा, वेन कटिङजस्ता चर्चित विदेशी खेलाडी आएपछि लिगको रौनक नै फरक भएको थियो । वेस्ट इन्डिजका लिजेन्ड ब्रायन लाराको आगमनले पनि लिगको हाइट बढ्यो । एनपिएलका सफल १० खेलाडी यस्ता छन् ।

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
प्रदर्शन : २२७ रन, ९ विकेट

एनपिएलको अलराउन्ड प्रदर्शनमा दीपेन्द्रसिंह सबैभन्दा अगाडि रहे । ब्याटिङ, बलिङ र फिल्डरका रूपमा उनले सबै खेलमा प्रभाव देखाए । यसै अलराउन्ड प्रदर्शनका कारण उनी नेपालीमध्ये एनपिएलकै सर्वाेत्कृष्ट खेलाडी भए । यससँगै उनले ६० लाख मूल्यबराबरको कार पाए । एनपिएलमा केवल दुई खेल गुमाएको सुदूरपश्चिम उपविजेता हुँदा दीपेन्द्रसिंहले ब्याटिङमा २२७ रन बनाउनुका साथै बलिङमा नौ विकेट हात पारे । उनले विराटनगरविरुद्ध अर्धशतक बनाएका थिए ।

लाहिरू मिलान्था (जनकपुर बोल्ट्स)
प्रदर्शन : २९३ रन

एनपिएलमा खेल्न आएका विदेशी खेलाडीमध्ये लाहिरू प्रतियोगिताकै सर्वाधिक रनकर्ता बने । श्रीलंकाको यू–१९ क्रिकेटबाट खेलेका अमेरिकन लाहिरूले जनकपुरबाट १० खेल खेले । जसमा उनले दुई अर्धशतकीय इनिङ्स खेले । उनले विराटनगरविरुद्ध ७५ रनमा अविजित तथा उपाधि भिडन्तमा सुदूरपश्चिमविरुद्ध महŒवपूर्ण ८७ रन बनाएका थिए । पोखराविरुद्ध पनि ४५ रन बनाएका उनी यसअघि नेपाल टी–२० फ्रेन्चाइज लिग खेल्न नेपाल आएका थिए । विकेटकिपर ब्याट्सम्यान लाहिरूले त्रिवि मैदानको पिचलाई सहजै बुझेका थिए । जसका कारण उनले प्रत्येक खेलमा आक्रामक स्ट्रोक लगाए ।

ललित राजवंशी (जनकपुर बोल्ट्स) 
प्रदर्शन : १७ विकेट

एनपिएलमा अक्सन चलिरहँदा बलिङ आक्रामणमा अनुभवी विदेशी खेलाडी हाबी हुने आकलन गरिएको थियो । तर, एनपिएल समाप्तिसँगै घरेलु स्पिनर ललितले आफूलाई अब्बल प्रमाणित गरे । जनकपुरलाई पहिलो सिजनको च्याम्पियन बनाउन उनले सर्वाधिक १७ विकेट लिए । २५ वर्षीय ललितले सुदूरपश्चिममा अनुबन्ध भएका न्युजिल्यान्डका स्कट कुगुलेइनसँगै सर्वाधिक १७ विकेटको प्रदर्शन गरे । तर, फाइनलमा उत्कृष्ट बलिङ स्पेल गर्नुका साथै उनले ५.३२ को इकोनोमी राखे । यसै प्रदर्शनका आधारमै उनी प्रतियागिताकै सर्वाेत्कृष्ट बलर घोषित हुँदै मोटरसाइकलबाट सम्मानित भए । एनपिएलमा ललितले पाँच मेडन ओभर फ्याँके । उनको उत्कृष्ट प्रदर्शन नै आठ रन खर्चेर तीन विकेट लिनु हो ।

विनोद भण्डारी (सुदूरपश्चिम रोयल्स) 
प्रदर्शन : २३५ रन

एनपिएल अक्सनमा नेपाली राष्ट्रिय टोलीका अनुभवी विकेटकिपर ब्याट्सम्यान विनोदमाथि कसैले बोली लगाएनन् । विनोदले आफूलाई अक्सनमा श्रेणी ‘ए’ राखेका थिए । ‘विस लिस्ट’बाट उनलाई सुदूरपश्चिमले १० लाखमा खरिद ग¥यो । ३४ वर्षीय विनोदले एनपिएलमा राम्रो ब्याटिङ गर्न नसक्ने भन्दै आलोचना भएको थियो । तर, उनी ब्याट र विकेटपछाडि उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना आलोचकको मुख बन्द गर्न सफल भए । सुदूरपश्चिमको फाइनल यात्राका क्रममा ओपनिङमा विनोदले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले इलिमिनेटरमा कर्णालीविरुद्धको अर्धशतकसँगै समग्रमा २३५ रन बनाए ।

कुशल मल्ल (चितवन राइनोज)
प्रदर्शन : २२३ रन, ९ विकेट 

कार पाउने सम्भावित नेपाली खेलाडीमा चितवनका कुशल मल्ल पनि थिए। पहिलो इलिमिनेटरमा कर्णालीसँग पराजित हुँदै एनपिएलबाट बाहिरिएको चितवनका लागि मल्लले ब्याटिङ र बलिङमा समान प्रदर्शन गरे । उनले ब्याटिङमा एक अर्धशतकको सहयोगमा २२३ रन जोडे भने बलिङमा आठ इनिङ्स बलिङ गरी नौ विकेट लिए । लिग चरणमा जनकपुरविरुद्ध उनले ७२ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । त्यस खेलमा उनले २६ रन खर्चेर दुई विकेट हात पारे । लिग चरणमा सुदूरपश्चिममाथि जित निकाल्दा उनले १८ रन खर्चेर दुई विकेट हात पारे ।

रोहित पौडेल (लुम्बिनी लायन्स)
प्रदर्शन : २७९ रन,  ८ विकेट

लुम्बिनीले एनपिएलमा एक खेल मात्र जित्यो । लुम्बिनीका लागि कप्तान रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । एककिसिमले रोहित ‘वान म्यान आर्मी’ भएर निस्किए । लिग चरणको पूरै सात खेलमा लुम्बिनी उनकै ब्याटिङमा टिकेको थियो । प्रतियोगितामा उनले दुई अर्धशतक बनाएका छन् । उनले पोखराविरुद्ध सर्वाधिक ९५ रन जोडेका थिए । रोहितले विराटनगरविरुद्ध ४६ र जनकपुरविरुद्ध ३५ रनको योगदान दिएका थिए । उनले सात खेलमा २६ चौका र ११ छक्का प्रहार गरे । यसै प्रदर्शनका आधारमा रोहित नेपाली खेलाडीमध्ये सफल रहे ।

जिमी निसम (जनकपुर बोल्ट्स)
प्रदर्शन : २४७ रन, ७ विकेट

नेपालमा आएका विदेशी खेलाडीमध्ये न्युजिल्यान्डका निसम सबैभन्दा सफल देखिए । एनपिएलमा उनले सात विकेटसहित व्यक्तिगत २४७ रन बनाए । ३४ वर्षीय निसमले प्रतियोगिताको सबैभन्दा उच्च स्ट्राइक रेटमा ब्याटिङ गर्दा एनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट अवार्ड पाए । दोस्रो क्वालिफायरमा निसमकै प्रदर्शनका कारण जनकपुरले कर्णालीलाई हराएको थियो । उनले सो खेलमा १५ बलमा ४५ रन जोडेका थिए । निसमले ९ खेलमा १९६.०३ स्ट्राइक राखे । उनले चितवनविरुद्ध ६५ र सुदूरपश्चिमविरुद्ध ४५ रन बनाएका थिए ।

सोहेल तनभिर (चितवन राइनोज)
प्रदर्शन : १४ विकेट

पाकिस्तानलाई टी–२० विश्वकप जिताउन मुख्य भूमिका निर्वाह गरेका तनभिर पनि एनपिएलमा चर्चाका शिखरमा रहे । त्रिवि मैदानमा तनभिरले बिहान र दिउँसोका खेलमा विपक्षी बलरलाई समस्यामा राखे । बायाँहाते फास्ट बलर उनले बल स्विङ गराउँदै सहजै विकेट लिए । प्रतियोगितामै पहिलो पाँच विकेटको प्रदर्शन गर्ने बलर बनेका उनले ३०.२ ओभर बलिङ गरेका थिए । समग्रमा तनभिरले १४ विकेट लिए । सर्वाधिक विकेट लिने सूचीमा उनी तेस्रो स्थानमा छन् । तनभिरले पहिलो सहभागितामै आफूलाई चर्चामा राखे ।

विपिनप्रसाद शर्मा (कर्णाली याक्स)
प्रदर्शन : १३ विकेट 

एनपिएलमा नेपालकै सिनियर बलरहरू सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । बरु ट्यालेन्ट हन्टबाट आएका विपिन सनसनी मच्चाउँदै सबैका ध्यान आफूतिर केन्द्रित पार्न सफल भए । कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट उनलाई अनुबन्ध गरेको थियो । नपत्याउँदो रूपमा एकपछि अर्को खेलमा विकेट लिएका विपिन एनपिएलकै राइजिङ स्टार चुनिए । १६ वर्षीय सुर्खेतका उनले आठ खेलमा १३ विकेट लिए । उनले पाकिस्तानका सोहेल तनभिर, न्युजिल्यान्डका निसम र मार्टिन गुप्तिलको विकेट लिए ।

किशोर महतो (जनकपुर बोल्ट्स)
प्रदर्शन : १४ विकेट

जनकपुरले पहिलो संस्करणको ट्रफी उचाल्दा बलर किशोर महतो प्रेरणादायी प्रदर्शन गर्न सफल रहे । यसै प्रदर्शनका आधारमा उनले आफूलाई राष्ट्रिय टोलीमा फर्कने आधार बनाएका छन् । नेपालको राष्ट्रिय टोलीबाट दुई एकदिवसीय खेलेका उनी लामो समयदेखि टोलीमा छैनन् । एनपिएलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका महतोले १० इनिङ्समा बलिङ गरी १४ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने सूचीको चौथो स्थानमा छन् ।

 

घरेलु ६ खेलाडी जो एनपिएलमा चलेनन्
कुशल भुर्तेल (पोखरा एभेन्जर्स)
प्रदर्शन : ५४ रन, ५ विकेट

एनपिएलमा सबैभन्दा कमजोर प्रदर्शन गर्ने खेलाडीमा राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल देखिए । भुर्तेल पूरा प्रतियोगिताभर चल्न सकेनन् । उनले सात खेलमा मात्र ५४ रन बनाए । बलिङमा उनले पाँच विकेट हात पारे । पोखराले टिम खरिदमा सबैभन्दा धेरै रकम खर्च गर्दा भुर्तेल मार्की बनेका थिए । पोखराले उनको प्रदर्शनसँगै उपाधि जित्ने लक्ष्य राखेको थियो । पोखरा प्लेअफमै पुग्न सकेन । 

सन्दीप लामिछाने (विराटनगर किंग्स)
प्रदर्शन : ६ विकेट 

विराटनगरका मार्की तथा कप्तान सन्दीप लामिछानेका लागि एनपिएल बिर्सनलायक बन्यो । पोखराविरुद्धको सुपर ओभरमा आफैँले बलिङ गर्दा सन्दीप आलोचनाको पात्र बने । लेग स्पिनर सन्दीपले ६ विकेट लिए । अन्तिम दुई खेलमा काठमाडौंविरुद्ध तीन तथा चितवन राइनोजविरुद्ध दुई गरी पाँच विकेट लिएका उनले ब्याटिङमा २२ रन बनाएका थिए । 

गुल्सन झा (कर्णाली याक्स)
प्रदर्शन : १३२ रन, १ विकेट

अक्सनमा ए श्रेणीका गुल्सन झाको न्यूनतम मूल्य नै १० लाख थियो । राष्ट्रिय टिममा गरेको प्रदर्शनका आधारमा उनको मूल्य सर्वाधिक १५ लाखसम्म पुगेको थियो । १० घण्टासम्म चलेको अक्सनमा गुल्सनलाई भिœयाउन आठै टोलीले अन्तिमसम्म प्रयास गरेका थिए । कर्णालीले गोलाप्रथामा गुल्सनलाई १५ लाखमा अनुबन्ध ग¥यो । गुल्सन टोलीमा आउँदा कर्णालीका अफिसियल धेरै खुसी भएका थिए । तर, गुल्सनले एनपिएलमा सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । १८ वर्षीय अलराउन्डरले १३२ रन मात्रै बनाउँदा मात्र १ विकेट लिए । उनी दुईपटक डकआउट भए । पोखराविरुद्ध सर्वाधिक ४९ रन बनाए । 

सन्दीप जोरा (लुम्बिनी लायन्स)
प्रदर्शन : १२० रन

राष्ट्रिय टोलीका नियमित खेलाडी सन्दीपलाई लुम्बिनीले अक्सनबाट भिœयाएको थियो । लुम्बिनीले उनीबाट ठूलो अपेक्षा राखेको थियो । तर, सन्दीपले गतिलो ब्याटिङ गर्न सकेनन् । लुम्बिनी अंकतालिकाको पुछारमा रहँदा सन्दीपले सात खेलमा १२० रन मात्र जोडे । एक किसिमले एनपिएलमा सन्दीपको प्रदर्शन बिर्सनलायक रह्यो । सन्दीपको स्ट्राइक रेट १०४.३४ रह्यो । बलिङमा उनले दुई खेलमा दुई विकेट लिए ।

भीम सार्की (काठमाडौं गुर्खाज)
प्रदर्शन : ७८ रन

एनपिएलमा घरेलु खेलाडीमध्ये भीम सार्की पनि चल्न सकेनन् । काठमाडौंले उनलाई अक्सनबाट अनुबन्ध गरेको थियो । उनले एक खेलबाहेक अपेक्षाअनुसार ब्याटिङ गर्न सकेनन् । भीमले सात खेलमा ७८ रन मात्र बनाएका थिए । लुम्बिनी लायन्सविरुद्ध ४० बलमा ३१ र पोखरा एभेन्जर्सविरुद्ध २० बलमा २२ रन जोड्नु नै उनको एनपिएलको उत्कृष्ट थियो । नेपालको ५० ओभरको फम्र्याटमा आफूलाई स्ट्रोक प्लेयर बनाएका भीमले यस छविलाई एनपिएलमा सार्थक बनाएनन् । 

शरद भेसवाकर (चितवन राइनोज) 
प्रदर्शन : ३८ रन

एनपिएल अक्सनको दोस्रो चरणमा शरदलाई चितवनले अनुबन्ध गरेको थियो । नेपाली राष्ट्रिय टोलीमा कुनै समय उत्कृष्ट फिनिसर उपनाम पाएका शरदले एनपिएलजस्तो प्रतियोगितामा आफूलाई प्रमाणित गर्न सकेनन् । उनले चार खेलमा अवसर पाउँदा ३८ रन मात्र बनाए । प्रतियोगितामा उनले केवल दुई चौका प्रहार गरेका थिए । पोखरा र काठमाडौंविरुद्ध उनले समान ११ रन जोडे।