गत असोजको बाढीले डुबानमा परेको ललितपुरस्थित च्यासल मैदान अझै पुनर्निर्माण भएको छैन। बागमतीकिनारको पूर्वतर्फ प्यारापिट बन्न बाँकी नै रहेको मैदानका थप संरचनामा बाढीले क्षति गरेको छ।
सन् २०२१ मा सम्पन्न भएको यो मैदान बनाउँदा ५४ लाख अनियमितता भएको महालेखा परीक्षकको ०७९/८१ को प्रतिवेदनमा समेत औँल्याइएको छ। एकातिर निर्माणमा अनियमितता र अर्काेतिर बाढीले क्षति गरेकाे मैदान थप अस्तव्यस्त भएकाे छ।
तस्बिरमा हेर्नुस् मैदानकाे अवस्था :