जिल्ला प्रहरी कार्यालय कास्कीले प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएकोबारे जानकारी गराएको छ।
प्रहरी कार्यालयले पत्रमार्फत लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको भन्दै आइतबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको हो।