मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
रासस काठमाडौ‌
२o८१ पौष ७ आइतबार २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार

पोखरा र संस्कृत विश्वविद्यालयमा उपकुलपति नियुक्त

Read Time : < 1 मिनेट
रासस, काठमाडौ‌
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार २१:o५:oo

प्रधानमन्त्री केपी ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसीलाई नियुक्त गरेका छन्। 

दुवै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहेका प्राडा नेपालले यसअघि विश्वविद्यालयका परीक्षा नियन्त्रक भएरसमेत काम गरिसकेका छन्।

उनले नेपाल प्राध्यापक संघ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपाल १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त भएका हुन्। 

यसैगरी, पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त केसीले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दैै उपकुलपति नियुक्त भएका हुन्। केसी नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष हुन्।