मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
२o८१ पौष ७ आइतबार २२:o८:oo
Read Time : < 1 मिनेट
सप्तरंग

एक साता बसेर मध्यपुरबाट बिदा भए देवगण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार २२:o८:oo

मध्यपुरथिमि नगरपालिकामा एक साता बसेर विभिन्न टोल परिक्रमा, नाच प्रदर्शन, पूजा ग्रहणसँगै नवदुर्गा जात्रा सम्पन्न गरी देवगणहरू बिदा भएका छन्।

गत आइतबार भक्तपुरबाट मध्यपुरथिमि आएका नवदुर्गासहित देवगणहरूले आजसम्म विभिन्न क्षेत्रमा पुगेर नवदुर्गा नाच प्रदर्शन गर्नाका साथै टोलटोलवासीले नवदुर्गालाई दिएको पूजा ग्रहण गरेर भक्तपुर फर्किएको देवगणमध्येका कृष्णप्रसाद बनमालाले जानकारी दिए। 

मल्लकालभन्दा अघिदेखि तान्त्रिक शक्तिमा चल्दै आएको देवी नवदुर्गा भवानीको प्रदक्षिणासँगै आज दिनभर मध्यपुरथिमिमा माछा मार्ने जात्रासमेत सञ्चालन भएको थियो। उनले आज माछा मार्ने जात्रा गरी अन्त्यमा स्थानीयले नवदुर्गाको पूजा गरी बिदाइ गरेका बताए। 

मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच भुलाँखेल, बाहाखा बजार, चपाचो, बालकुमारी, नगदेशलगायत विभिन्न ठाउँमा प्रदर्शन गरी स्थानीयले पूजा ग्रहण गर्दै मध्यपुरथिमिबाट बिदा गरेकाे उनले जानकारी दिए। 

नवदुर्गाअन्तर्गत गणेश, कुमारी, सिंह, दुम्भसँगै ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ।