मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ७ आइतबार o७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्लोजअप भ्वाइस अफ नेपालको मुख्य प्रायोजक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o७:२१:oo

क्लोजअपले भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता गरेको छ । क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभालाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।

भ्वाइस अफ नेपाल, आफ्नो सुरुवातकाल नै नयाँ र फ्रेस गायक–गायिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ र यसको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गइरहेको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरूमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ ।

युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जितले भने, ‘क्लोजअप सधैँ आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीको मन–मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।’

त्यस्तै, भ्वाइस अफ नेपालको आयोजकले यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्ने जनाएको छ ।