मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
२o८१ पौष ७ आइतबार १३:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फ्रान्सका दुईतिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १३:३५:oo

फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका समय करिब दुईतिहाइ जनता उनलाई प्रधानमन्त्री बनाइएकोप्रति असन्तुष्ट छन् ।

फ्रान्सेली साप्ताहिक पत्रिका डु डिमान्चेका लागि आइफपले गरेको एक नयाँ सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले उनको कार्यसम्पादनबाट चित्त नबुझेको बताएका छन् । आफ्नो नयाँ सरकार प्रमुखप्रति ३४ प्रतिशतले मात्र समर्थन जनाएका वा सन्तुष्ट रहेको बताएका छन् ।

इफपका अनुसार सन् १९५९ को दशकपछि प्रधानमन्त्रीका लागि यति कम अनुमोदन दर (समर्थन) देखिएको छैन । इफपका सर्वेक्षकहरूले डिसेम्बर ११ देखि १८ को बिचमा फ्रान्सेली दुई हजार चार जनप्रतिनिधिसँग सर्वेक्षणका लागि सोधपुछ गरेका थिए ।

राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यकालको छैटौँ र सन् २०२४ को चौथो प्रधानमन्त्री बेयरोउ हुन् । प्रत्येकले अघिल्लोभन्दा छोटो अवधिका लागि सेवा गरेका छन् ।

बेयरूका पूर्ववर्ती मिचेल बार्नियर फ्रान्सका सबैभन्दा पछिल्लो प्रधानमन्त्री थिए । गत डिसेम्बर १३ मा नियुक्त भएका बायरोउले अहिलेसम्म म्याक्रोँलाई आफ्नो मन्त्रिमण्डलको निर्णय बुझाएका छैनन् । उनले शुक्रबार फ्रान्स दुई टेलिभिजनसँग कुरा गर्दै आफ्नो नयाँ टिम सप्ताहन्तमा वा ‘क्रिसमसअघि’ कुनै पनि हालतमा तय हुने बताएका छन्  ।