मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ७ आइतबार १८:३८:oo
Read Time : < 1 मिनेट
सप्तरंग

अस्तिभन्दा हिजो... भिडियोमा सम्राटको एकल अभिनय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १८:३८:oo

बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत अस्तिभन्दा हिजो... को भिडियो दर्शकमाझ सार्वजनिक भएको छ। यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सम्राटले यो गीतमा आफूजस्तै किशोरहरूको भावना समेटिएकाले आफूले अभिनय गरेको बताएका छन्।

१४ वर्षीय सम्राटको यो १४औँ भिडियो हो। सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका थिए। उनले राष्ट्रिय भावको भिडियोमा पहिलोपटक अभिनय गरेका थिए। त्यसपछि सम्राटले निरन्तर मोडलिङ गर्दै आएका छन्। 

यो गीतमा नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वर छ। गीतमा दीपक शर्माले संगीत भरेका हुन्। गीतको बोल यस्तो छ,
‘अस्तिभन्दा हिजो 
हिजोभन्दा आज अझै
झनझन झनझन
हावामा हराउँदै छु किन
म त बुझ्दै बुझिनँ...’

किशोर मनोविज्ञानमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन्। भिडियोमा निर्देशन पनि सुमनकै रहेको छ। गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरूको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ। किशोरावस्थामा प्रवेश गर्दैगर्दा उनीहरूको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए।