मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका तेह्रथुम
२o८१ पौष ६ शनिबार १९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भिडियो बनाउने क्रममा दहमा डुबेर शिक्षिका र विद्यार्थीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तेह्रथुम
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १९:१२:oo

फोटो खिच्ने तथा भिडियो बनाउने क्रममा दहमा डुबेर शिक्षिका र बिद्यार्थीको मृत्यु भएको छ । तेह्रथुमको मेन्छेयायेम गाउँपालिका ५ स्थित गौखुरी माविकी शिक्षिका(नर्स) २४ वर्षिया रविना राजबंशी र बिद्यार्थी १४ वर्षिया सुस्मिता भट्टराईको शनिबार दिउँसो मृत्यु भएको हो। 

तेह्रथुमकी डिएसपी चिनिमायाँ तामाङका अनुसार शनिबार छुट्टीमा शिक्षक तथा बिद्यार्थीसहितको समूह खोरुङगास्थित हाइड्रोपावरमा घुम्न गएका थिए। उनीहरुमध्ये तीन जना टिकटक बनाउन भनेर खोलातर्फ गएका थिए। जसक्रममा दुई जना दहमा डुबेको डिएसपी तामाङले बताइन्। ‘हामी पुग्दा स्थानीयले दहबाट शव निकालेका थिए,’ उनले भनिन् ,‘घटना कसरी भयो भन्नेमा विस्तृत अनुसन्धान गर्दैछौं ।’ भिडियो बनाउने क्रममा चिप्लिएर उनीहरू दहमा खसेको आशंका गरिएको छ।

फोटो खिच्न सँगै गएकी अर्की छात्राले खबर गरेर उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको थियो । एकजना डुबेको अवस्था तथा एक जनाको शव तैरिएको अवस्थामा स्थानीयले निकालेका थिए। घटनापछि सिंगो गाउँ नै शोकमा डुबेको छ। 

मृतक नर्स विराटनगरकी बासिन्दा हुन् भने विद्यार्थी स्थानीय हुन्।