मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ७ आइतबार o७:१३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक  शंकर तिवारीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o७:१३:oo

कांग्रेसनेता डा. शेखर कोइरालाको देश दौडाहा र बढ्दो सक्रियताले के संकेत गर्छ ? 
कांग्रेसको सभापति एक्लै कुदेर प्राप्त हुने पद होइन र नकुदी प्राप्त हुने पद पनि होइन । आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु भन्ने आकांक्षीले देशका विभिन्न भागमा पुगेर कार्यकर्तासित संवाद गर्नुलाई सकारात्मक नै मान्नुपर्छ । कांग्रेसको सभापति बन्न आफ्नो समूहभित्र र बाहिरका साथीहरूको मन जित्नु त आवश्यक छ नै, साथमा आमजनमानसमा पनि प्रभाव पार्न सक्नुपर्छ । पार्टीका कार्यकर्ताले कांग्रेस नेताका गतिविधि धैर्यपूर्वक नियालिरहेका छन् । डा. कोइरालाको यो सक्रियताको प्रभाव कति पर्छ, आगामी दिनमा देखिएला । 

के एकै गुटका महामन्त्री गगन थापा र डा. कोइरालाबीचको दूरी बढेको हो ?
कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति या महासमितिमा लगेका प्रस्तावलाई डा. कोइरालाले खुला मनले ‘इन्डोर्स’ गर्नुभएको कतै देखिन्न । महामन्त्री थापाका प्रस्ताव या अडान हाम्रा हुन् भनेको कहीँकतै सुनिन्न । ती प्रस्ताव र अडानमा महामन्त्री थापा एक्लै लड्नुपरिरहेको देखिन्छ । सहकार्य र सहयोग भनेको दोहोरो हुन्छ, एकोहोरो सहकार्य सम्भव हुँदैन । पार्टी सत्तामा रहेको पछिल्लो समयमा पार्टीले सम्पादन गर्नुपर्ने राजकीय काममा महामन्त्रीले सभापतिसँग सहकार्य गर्दा त्यसबाट डा. कोइराला आत्तिएको या सशंकित भएको देखिन्छ । 

यसले कांग्रेसभित्रको भावी समीकरणमा कति प्रभाव पार्ला ?
महाधिवेशन आउन र त्यसमा ध्रुवीकरणका लागि अझै यथेष्ट समय बाँकी छ । माहोल बनाउन दौडधुप गर्नु, सक्रिय देखिनु फरक कुरा हो । तर, पार्टीका नेता, कार्यकताले सुरुचिपूर्वक हेरिरहेका यस्ता गतिविधिले उहाँलाई सफलतातिर डोर्‍याउँछ जस्तो लाग्दैन ।