मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ३ बुधबार १o:१९:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

घातक छ सामाजिक सञ्जालमा पश्चिमा एकाधिकार 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १o:१९:oo

आजकाल सामाजिक सञ्जाल संसारभरका मानिसका लागि संवाद गर्ने र आ–आफ्ना विचार व्यक्त गर्न एउटा महत्वपूर्ण मञ्च साबित भएको  छ । सन् २०२४ को प्रारम्भमा विश्वव्यापी सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ताको आधार ५ दशमलव ०४ अर्ब पुगेको थियो, जुन विश्वको जनसंख्याको ६२ दशमलव ३ प्रतिशत हो । सामाजिक सञ्जालले परम्परागत मिडियाको तुलनामा जनमतमा निकै ठुलो प्रभाव पारेको हुनाले यसप्रति विश्वव्यापी रूपमा ठुलो आकर्षण बढेको छ । अहिले विश्वका विभिन्न देशले सामाजिक सञ्जाल प्लेटफर्मको दबदबामा कडा प्रतिस्पर्धा गरिरहेका छन् । पछिल्लो समय टिकटक, टेलिग्राम र एक्स (पूर्वट्विटर)जस्ता केही अन्तर्राष्ट्रिय प्रसिद्ध सामाजिक सञ्जाल प्लाटफर्म वरपर घटनाको विभिन्न शृंखला देखिएका छन्, जसले पश्चिमी देशको यस क्षेत्रमा प्रभुत्व जमाउने एउटा प्रस्ट नियत झल्काउँछ ।

सामाजिक सञ्जालका माध्यमले ग्लोबल साउथअन्तर्गत पर्ने धेरै देशका लागि चेतावनीको घन्टीको रूपमा काम गर्छ । ती देश अन्तर्राष्ट्रिय बहसमा पहिल्यै नै कमजोर स्थितिमा छन् । ग्लोबल साउथ भन्नाले विश्वका त्यस्ता राष्ट्रलाई दर्साउँछ, जसको आर्थिक र औद्योगिक विकास अपेक्षाकृत रूपमा कम स्तरको हुन्छ । 

सामाजिक सञ्जालको उदयले ग्लोबल साउथअन्तर्गतका देशका लागि आफ्नो आवाज फैलाउन नयाँ बाटो खोलेको छ । पश्चिमा देश यस जोखिमबारे राम्ररी जानकार छन् । उनीहरूले सार्वजनिक बहसमा आफ्नो प्रभुत्व कायम राख्न प्रयास गरिरहेका छन्, (जुन प्रभुत्व तिनीहरूले पहिले कायम गरेका थिए) र गैरपश्चिमाहरू प्रचलित सोसल मिडिया प्लाटफर्मलाई दबाउन धेरै हदसम्म लागिरहेका छन् ।

यसको विश्वव्यापी लोकप्रियतासँगै टिकटक पहिलो निसाना बनेको छ । टिकटकले पश्चिमाहरूको चासोलाई असर गरेको छ । अर्को शब्दमा भन्नुपर्दा यसले अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूको व्यापारिक हितमा मात्रै ठेस पुर्‍याएको छैन, अझ महत्वपूर्ण कुरा त जनमतमा पश्चिमी प्रभुत्वलाई चुनौती दिएको छ । टिकटकको ‘ड्रामा’ पछाडि के भइरहेको छ ? सारमा सार्वजनिक भाषणमा प्रभुत्वका लागि लडाइँ, कथाको नियन्त्रण र मिडियामा प्रभाव छ ।

यहाँ विडम्बना स्पष्ट छ, अमेरिकी सरकार ‘राष्ट्रिय सुरक्षा खतरा’को बहानाअन्तर्गत एकातर्फ टिकटकलाई प्रतिबन्ध लगाउन कटिबद्ध छ भने अर्कोतर्फ दुवै पार्टीका राष्ट्रपतिका उम्मेदवारले मतदाताको समर्थन जित्न टिकटकमा खाता खोलेका थिए । यसले अमेरिकाको दोहोर चरित्रलाई छर्लंग पार्छ । 

पश्चिमको यस्तो दोहोरो चरित्र टेलिग्राममाथिको दमनमा पनि उदाहरणीय छ । हालै  टेलिग्रामका संस्थापक पावेल दुरोभलाई फ्रान्सेली अधिकारीले पक्राउ गरी विभिन्न आरोप लगाएका थिए । जब पश्चिमले टेलिग्रामलाई अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न प्रयोग गर्ने प्रयास गर्‍यो, दुरोभलाई ‘स्वतन्त्रता सेनानी’को रूपमा प्रशंसा गरियो । तर, अहिले उनी ‘आतंकवादी’ भइसकेका छन् । ‘वाक् स्वतन्त्रता’मा गर्व गर्ने पश्चिमी दुनियाँको यस्तो चालले विश्वलाई स्तब्ध बनाएको छ । र, यसपछाडिको उद्देश्य स्वाभाविक रूपमा ‘अवैध सामग्री प्रदान गर्ने प्लेटफर्म’ जत्तिको सरल छैन । 

संसारको सबैभन्दा ठुलो एन्क्रिप्टेड सञ्चार प्लेटफर्महरू (विद्युतीय सञ्चार माध्यमलाई गोप्य कोडमा रूपान्तरण गर्ने तरिका) मध्ये एकको रूपमा टेलिग्राम लामो समयदेखि पश्चिमी निगरानी र घुसपैठ प्रयासका लागि  निसाना बनेको  छ । केही विश्लेषक विश्वास गर्छन् कि दुरोभको गिरफ्तारीको पश्चिमको मुख्य उद्देश्य एपमा नियन्त्रण प्राप्त गर्नु र रुसी सैन्य सञ्चारलगायत इन्क्रिप्टेड जानकारीमा पहुँच प्राप्त गर्नु हो । युरोपेली संसद्का पूर्वफ्रान्सेली सदस्य ए. चौप्रेडले फ्रान्सले टेलिग्रामलाई सेन्सर गर्न र ‘पश्चिमी भूमण्डलीकरण’को प्रतिरोध गर्ने कार्यलाई नियन्त्रण गर्ने लक्ष्य राखेको औँल्याए ।

विश्वव्यापी कथालाई हाबी गर्न र अन्य देशमा जनमतलाई हेरफेर गर्ने प्रयासमा गैरपश्चिमी सोसल मिडिया प्लेटफर्ममा दमन गर्दा पश्चिमले पनि आफ्नो प्लेटफर्मलाई समर्थन गर्न ‘सार्वभौमिकतामाथि स्वतन्त्रता’को ब्यानर उच्च राख्छ । ब्राजिल र एक्सबिचको युद्ध हालै राष्ट्रिय सार्वभौमसत्ता र डिजिटल स्वतन्त्रतालाई लिएर सुरु भएको छ । ब्राजिलले एक्सलाई झुटा समाचार र ब्राजिलका संस्थामा आक्रमणको व्यापक प्रसारलाई सच्याउन माग गर्‍यो । 

अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तलाई उद्धृत गर्दै र ब्राजिल सरकारले ‘सत्यको ३१ स्रोत बन्द गर्दै छ’ भन्ने दाबी गर्दै सुरुमा एक्सले असमझदारी कायम गर्दै थियो । यद्यपि, ब्राजिलको सार्वभौमसत्ताको रक्षा गर्ने दृढ अडान र टिकटकजस्ता गैरपश्चिमी प्लेटफर्मबाट कडा प्रतिस्पर्धाको सामना गर्दै एक्सको होममा यो आयो कि एकपटक बन्द भएपछि यो २०० मिलियन मानिसको विशाल बजारमा पुनः प्रवेश गर्न अत्यन्तै चुनौतीपूर्ण हुनेछ, जसको अर्थ ठुलो आर्थिक नोक्सानी हुन्छ ।

फाइदा र बेफाइदा मनन गरिसकेपछि एक्सले अन्ततः ‘स्वतन्त्र अभिव्यक्ति’का लागि आफ्नो स्वघोषित प्रतिबद्धता त्याग्यो र ब्राजिलको सर्वोच्च अदालतको आदेश पालना गर्‍यो । सार्वजनिक सुझाव प्लेटफर्मको रूपमा सामाजिक मिडिया सञ्जाल विविध दृष्टिकोण र विचारको आदानप्रदानलाई बढावा दिन प्रतिबद्ध छन् ।

तर, यदि यी प्लेटफर्मले गलत सूचना र घृणायुक्त भाषण फैलाउँछन्, विदेशी सरकारका लागि अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न, सामाजिक तनाव बढाउन र हिंसात्मक घटना उत्प्रेरित गर्न वा जनमतमा एकाधिकार प्रयोग गर्ने औजार बन्छन् भने देशको सामाजिक सद्भाव, व्यवस्था, राष्ट्रिय सुरक्षा र स्थायित्वलाई यी मञ्च र तिनीहरूका पछाडि रहेका शक्तिको कृपामा छोडिनेछ । वास्तविकतामा पश्चिमले सामाजिक सञ्जालमा आफ्नो फाइदालाई केही देशमा असहमति छर्न र ‘रङ क्रान्ति’ गर्न पनि प्रयोग गरेको छ । यस्ता घटना असामान्य छैनन् । त्यस्ता स्पष्ट जोखिमको सामना गर्दै ब्राजिलले एक्सविरुद्ध दृढ अडान रोजेको छ, जुन राष्ट्रिय सुरक्षा र इन्टरनेट सार्वभौमसत्ताको रक्षा गर्न ग्लोबल साउथ देशका लागि महत्वपूर्ण कदम हो ।

ग्लोबल साउथअन्तर्गतका देशले सुरक्षा र स्वायत्ततालाई आफ्नै हातमा दृढताका साथ राख्नु अझ आवश्यक छ । हामीले विरोध गर्ने भनेको एउटै प्लेटफर्मको एकाधिकार र त्यसपछाडिको भित्री मनसाय, मिडियाको हेरफेर र विश्वव्यापी बहसमा हाम्रो निरन्तर बेफाइदा हो । हामीले विविध सामाजिक सञ्जाल इकोसिस्टमलाई दृढताका साथ रक्षा गर्नुपर्छ । र, टिकटक, एक्स र टेलिग्रामजस्ता धेरै प्रतिस्पर्धीको सहअस्तित्व कायम राख्नुपर्छ । यसरी मात्र हामी आवाज उठाउन सक्छौँ, विश्वमाझ आफूलाई सुनाउन सक्छौँ र मिडिया, सामाजिक र राष्ट्रिय सुरक्षालाई आफ्नै हातमा दृढतापूर्वक समात्न सक्छौँ । 

–चाइनाडेलीबाट