मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
२o८१ पौष ३ बुधबार o७:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चिसो बढेसँगै  मुगुको सीमा प्रहरी चौकी बेँसी सारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार o७:५६:oo

केही दिनयता अत्यधिक चिसो बढेसँगै जिल्ला प्रहरी कार्यालय मुगुले पूर्वी सीमामा रहेका प्रहरी चौकी र सुरक्षाकर्मीलाई बेँसी सारेको छ । अत्यधिक चिसो बढेका कारण मुगुम कार्मारोङ गाउँपालिका– २ मा रहेको सीमा प्रहरी चौकी र प्रहरी सहायक निरीक्षक (असइ)सहित नौजना प्रहरी जवानलाई चितैकुना भन्ने ठाउँमा सारिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सरोज गिरीका अनुसार १५ मंसिरमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मुगु सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई मुगुम कार्मारोङ गाउँपालिकाको चितैकुना भन्ने ठाउँमा सारिएको बताए । विगतमा प्रहरी चौकी सदरमुकाम गमगढी तानिने भए पनि यस वर्ष भने शान्ति सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै र मुगुम कार्मारोङ गाउँपालिकाको अनुरोधमा चितैकुना भन्ने ठाउँमा राखिएको उनको भनाइ छ ।

गर्मी मौसम सुरु भएपछि सुरक्षाकर्मीलाई सीमा प्रहरी चौकीमै फर्काइने गिरीले जानकारी दिए । जिल्लाको पूर्वी–उत्तरी सीमामा रहेको मुगु प्रहरी चौकी करिब ६ महिना बन्द रहनेछ । चौकीको कामकाज चितैकुना भन्ने स्थानबाट हुनेछ । हिउँदमा मुगुम कार्मारोङ गाउँपालिका– २ मुगुगाउँका सबै स्थानीय जाडो छल्न घरमा ताल्चा लगाएर बेँसी झर्ने गर्छन् । त्यसैले प्रहरी मात्र गाउँमा बसेर कुनै काम नहुने भएकाले सीमा सुरक्षा प्रहरी चौकीमा कार्यरत प्रहरीलाई हिउँदको समयमा बेँसीतिर सार्ने गरिएको गिरीको भनाइ छ ।