ओलीले आज कर्णालीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार कर्णालीका तीनवटा जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले कालिकोट, दैलेख र सुर्खेतमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । 

एमालेले कालिकोटको रास्कोट, दैलेखको जुम्बुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभाको आयोजना गरेको नेकपा (एमाले) कालिकोटका अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए ।
 

सुझावित समाचार