लिङ्देन भन्छन्- बालेनले जस्तै भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा छ

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन्। 

शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन्। 

उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरुमाथि डोजर चलाउने इच्छा रहेको बताए।
 
लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख बताउँद आफूलाई संसदमा साथी दिलाइदिन आममतदातासँग आग्रह गरे। 

‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरुमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर। म आज संसदमा एक्लै छु मैले तपाईहरुलाई रोक्न सक्दिनँ । म जनताको बीचमा गएर आगामी दिनमा यस प्रकारका अनुचित, अनैतिक र देश बिरोधी क्रियाकलापहरु रोक्नसक्ने तागतका साथ साथीहरु लिएर आउँछु भनेर हिडेको छु।’ 

उनले पुराना दलहरुलाई फेरीपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे। काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने उनले बताए। 

सुझावित समाचार