उच्च अंकले घट्याे नेप्से, कारोबार रकममा भने सुधार

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

सेयर बजार आज बुधबार उच्च अंकले घटेको छ। सेयरबजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २२ बिन्दुमा झरेको छ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ। बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ।

आज दुई सय २३ वटा कम्पनीको ३६ लाख ९७ हजार कित्ता सेयर एक अर्ब ४० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेस्डाे समृद्ध लघुवित्तको ६ करोड ७८ लाख र शिवम् सिमेन्टको ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

आज एक्सेल विकास बैंकको सेयर आठ प्रतिशत तथा गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोग्रेसिभ फाइनान्स र सप्तकाेसी विकास बैंकको सेयर सात प्रतिशतले घटेको छ। 

समग्रमा बजार राताम्मे हुँदा पनि अपर हेवाखोला जलविद्युत् कम्पनीको सयर साढे सात प्रतिशतले बढेको छ। 

सुझावित समाचार