प्रहरीले काठमाडौं महानगरपालिका– २६ गोंगबु चोकबाट १० किलो पाँच सय ग्राम तौलको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित मंगलबार दिउँसो दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गापा– ७ थापागाउँका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गापा– ९ का २१ वर्षीय अर्जुन मगर रहेका छन् । सालकको खपटा बिक्री भइरहेको सूचनापछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।
यही क्रममा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रेमबहादुर विक सवार बा.५८प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा.प्र ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।