एक सातामा थपिए ३ सय डेंगु संक्रमित

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

पछिल्लो एक सातामा तीन सयजनामा डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएका हुन्। 

योसँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ। कात्तिक महिनाको सुरुमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिर अन्तिमसम्म रहने महाशाखाले बताएको छ।

सुझावित समाचार