एमालेका ४१ नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण
एमालेका ४१ नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

तस्बिर : रमेश मल्लकाे फेसबुकबाट

नेकपा (एमाले)का ४१ नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादी प्रवेश गरेका हुन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेकाे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

सुझावित समाचार