लमजुङमा लागुऔषधसहित एक युवक पक्राउ

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

लमजुङ प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार तनहुँबाट लमजुङतर्फ आएका कास्की जिल्लाको रूपा गाउँपालिका– ३ बस्ने २५ वर्षीय आश्वासनजंग शाहीलाई पक्राउ गरेको हो । उनलाई जिल्लाको मध्यनेपाल नगरपालिका– ४ दुईपिप्लेबाट पक्राउ गरिएको हो । उनको साथबाट लागुऔषध (ब्राउनसुगर)जस्तो देखिने दुई सय २० मिलिग्राम (०.२२० ग्राम) बरामद गरिएको छ । 

पक्राउ परेका शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई निजउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । 

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को देहाय खण्ड छ १ नं. बमोजिम २५ ग्रामसम्मको लागुऔषध (ब्राउनसुगर) कारोबार गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि २५ हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
 

See More On

सुझावित समाचार