प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन्। बुधबार धनगढी आइपुगेका देउवा बिहीबार दिउँसो साढे दुई बजे डडेल्धुरा पुगेका हुन्।
आज उनले वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गरेको सभालाई सम्बोधन गर्नेछन्। उनी आजदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवा २० कात्तिकसम्म निर्वाचन क्षेत्रकेन्द्रित चुनावी कार्यक्रममा सहभागी हुने उनका प्रेस संयोजक गोविन्द परियारले बताए। उनी चार दिन निर्वाचन क्षेत्रकै कार्यक्रमहरूमा सहभागी भएर काठमाडौं फर्किनेछन्। त्यसपछि गठबन्धनको बैठक बसेर संयुक्त सभा वा संयुक्त प्रकृतिका दोस्रो चरणका कार्यक्रम तय गर्ने परियारले बताए।

प्रधानमन्त्री देउवाले १७ कात्तिकमा अमरगढी नगरपालिका, १८ कात्तिकमा नवदुर्गा गाउँपालिका, १९ कात्तिकमा अजयमेरू र २० कात्तिकमा आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।