धार्मिक आस्थाको केन्द्र पाथीभरा

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा पर्ने पाथीभरा देवीको मन्दिर धार्मिक तथा पर्यटकीय हिसाबले निकै चर्चित गन्तव्य हो । यो मन्दिर ३७ सय ९४ मिटर उचाइमा छ । पाथीभरा माताको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण यहाँ नेपाल, भारत, भुटानलगायतका देशबाट पर्यटक आउने गर्छन् ।

धार्मिक रूपमा पवित्र मानिने यो क्षेत्र प्राकृतिक रूपमा समेत सुन्दर छ । मौसम खुलेका वेला यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायत हिमशृंखलाहरूको अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रमा राष्ट्रिय पन्छी डाँफे, नेपालमा मात्रै पाइने काँडे भ्याकुरलगायत दुई सयभन्दा बढी प्रजातिका चरा तथा विभिन्न प्रजातिका फूल, जडीबुटीसहित दुर्लभ रेडपान्ड, चितुवा, हिमाली कालो भालुलगायत जनावर पाइन्छन् । 

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट १७ किलोमिटर मोटर यात्रा गरेपछि काफ्लेपाटी पुगिन्छ । काफ्लेपाटीबाट एक घन्टाको यात्रापछि फेदी र त्यहाँबाट झन्डै दुई  घन्टा उकालो हिँडेपछि पाथीभरा मन्दिर पुगिन्छ ।

See More On

सुझावित समाचार