पर्यटन क्षेत्रमा प्रतिनिधित्व गर्ने निजी संघ–संगठन

अर्थ ज्ञान

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपालको पर्यटन क्षेत्रको विकास, व्यवस्थापन तथा नियन्त्रण विभिन्न प्रकारको संस्थागत संयन्त्र (सरकारी, निजी, सार्वजनिक–निजी साझेदारी)हरूबाट हुँदै आएको छ । निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न संघ–संगठनहरूले पनि नेपालको पर्यटन विकासमा अहं भूमिका खेल्दै आएका छन् । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल होटेल संघ (हान), नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो), नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन– नेपाल च्याप्टर (पाटा), टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)ले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् ।

यस्तै, हिमालय उद्धार संघ (एचआरए), नेपाल वायुसेवा सञ्चालक संघ (एओन), सोसाइटी अफ टुर एन्ड ट्राभल अर्गनाइजेसन (सोत्तो), सेफ्स एसोसिएसन अफ नेपाल (क्याओन), नेपाल पर्वतीय प्रशिक्षक संघ, रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान), नेपाल हवाई खेलकुद संघ (नासा), नेपाल र्याफ्टिङ संघ (नारा)ले पनि सो कार्य गर्दै आइरहेका छन् । 

सुझावित समाचार