निर्वाचनपछि कांग्रेसले अर्थतन्त्रमा सुधार गर्नेछ : नेता सिंह

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि सरकाको  पहिलो दायित्व अर्थतन्त्रमा  सुधार ल्याउनु भएको बताएका छन् । हाल देखिएको आर्थिक अवस्था चिन्ताजनक रहेकाले यसमा सुधार ल्याउनु  कांग्रेसको मुख्य दायित्व  रहेको उनले बताए ।  बुधबार  निर्वाचन प्रचारप्रसारका क्रममा नेता सिंहले यस्तो बताएका हुन् । 

हाल मुलुकमा राजनीतिक अस्थिरताका कारण नागरिकले चाहेजस्तो सेवासुविधा प्राप्त गर्नसमेत नसकेकोप्रति आफू जानकार रहेको भन्दै जनचाहनाअनुरूप काम गरेर देखाउन स्थिर राजनीतिक अवस्था कायम गर्न कांग्रेसलाई मत दिनसमेत आग्रह गरे । मुलुकको शासन व्यवस्थापनमा सबै दलहरू टेस्टेड भइसकेकाले संकटमा कांग्रेसबाहेक अरूले जिम्मेवारी बहन गर्न सक्दैन भन्ने कुरा प्रमाणित भएकाले  तमाम समस्याको समाधान कांग्रेसबाहेकले गर्न नसक्ने बताए । 

कांग्रेसले अवसर पाउँदा पटकपटक काम गरेर देखाइसकेकाले यसपटक फेरि मौका दिएमा राजनीतिक स्थायित्वको जगमा नागरिकको चाहना पूरा गर्ने प्रतिबद्धतासमेत जाहेर गरे । 
 

सुझावित समाचार