धारिलो हतियार प्रयोग गरी एकजनाको बीभत्स हत्या

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

ललितपुरको सुनाकोठीमा धारिलो हतियार प्रयोग गरी एकजनाको बीभत्स हत्या भएको छ। ललितपुर महानगरपालिका– २७ सुनाकोठीमा डेरामा बस्दै आएका अन्दाजी ३५–४० वर्षीय रामचन्द्र राईको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीका अनुसार रामचन्द्रको हत्या आरोपमा घटनालगत्तै  सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा राजेन्द्रलाई प्रहरीले सुनाकोठीबाटै पक्राउ गरेको थियो । 

उनीहरू दुवैजना चिनजानका भएको एसपी शाहीले जानकारी दिए । उनका अनुसार दुवैजनाले मादक पदर्थ सेवन गरेपछि विवाद र झगडा सुरु भएको थियो । सोही क्रममा  राजेन्द्रले धारिलो हतियार प्रयोग गरी रामचन्द्रको हत्या गरेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । हत्या आरोपी राजेन्द्रलाई महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा राखिएको छ ।
 

See More On

सुझावित समाचार