बागी उम्मेदवारलाई कांग्रेसले पार्टीबाट निकाल्यो

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेस कञ्चनपुरले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताकार्यकर्तालाई कारबाही गरेको छ। पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका, तिनका सर्मथक र प्रस्तावकलाई कारबाही गरेको हो। 

कांग्रेस कञ्चनपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै २६ असोजको निर्णयअनुसार पार्टीका आधिकारिक उम्मेदवार र कांग्रेसले सर्मथन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, सर्मथक र प्रस्तावकलाई नेपाली कांग्रेसको विधानको परिच्छेद ९ को धारा ३४ को १ (घ) बमोजिम साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। 

जिल्ला अनुशासन समितिका संयोजक नाफुसिंह साउदद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा १५ जना नेता-कार्यकर्तालाई साधारण सदस्य नरहनेदेखि पार्टीबाट निष्कासित गरिएको हो। 

क–कसलाई कारबाही ? हेर्नुहोस् विज्ञप्ति :

सुझावित समाचार